Aim & Objectives

समग्र लक्ष्य  (Developmental Objective)

दिगो वन व्यवस्थापनमा सुधार गर्ने, वनबाट प्राप्तहुने फाइदाहरु वृद्धि गर्ने र नेपालको मधेश प्रदेश र लुम्बनी प्रदेशस्थित छनौट गरिएका पालिकाहरुभित्र खुद हरित ग्याँस उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने ।

संभाग अनुसारको उद्देश्य (Component Wise Objectives)

  • छोटो र मध्यम अवधिका प्रतिफलहरुले वनको समग्र उत्पादकत्व वृद्धि गर्ने ।
  • वनमा आधारित 'साना तथा मझौला' उद्यमहरुको विकास तथा सुधारमा योगदान गर्ने ।
  • तराई भूपरिधि क्षेत्र भित्र उत्सर्जन न्यूनीकरण कार्यक्रमले लक्ष्य राखेको उत्सर्जन न्यूनिकरण गर्न योगदान गर्ने । 

परियोजनाको प्रमुख लक्ष्यहरु तथा अपेक्षित उपलब्धि सूचकहरू

नतिजा सूचकका विवरण एकाई लक्ष्य
१  लक्षित वन र नजीकका समुदायहरुबाट मौद्रिक वा गैह्रमौद्रिक फाइदा प्राप्त गर्ने जनता सख्या ११०.०००
२  हरित ग्यास उत्सर्जन न्यूनीकरण  (मिलियन मेट्रिक टन, Co2e) १७.७६
३  परियोजनाका कार्यान्वयनबाट  लाभान्वित “सन्तुष्ट” वा “अति सन्तुष्ट” जनताहरु प्रतिशत ८०.००
४   व्यवस्थापन योजना अन्तर्गत ल्याईएको वन क्षेत्र हेक्टर १५,९००