नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

सम्बृद्धिका लागि वन परियोजना, परियोजना व्यवस्थापन इकाई

बबरमहल, काठमाडौँ

संगठन संरचना

कार्यान्वयन संरचना

परियोजनाको कार्यान्वयनको लागि केन्द्रमा वन तथा वातावरण मन्त्रालयले नेतृत्व लिएको छ ।  केन्द्रमा वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा विभिन्न मन्त्रालय, सम्बन्धित विभागहरु,  कृषि विकास वैङ्क, वन उद्यमीको संस्था, समुदायमा आधारित सययोगी सञ्जालहरु (वन समूह, नीजि वन, आदिवासी जनजाती, महिला आदि) सहितको बहुसरोकारवाला परियोजना निर्देशक समिति र प्रदेशमा वन क्षेत्र हेर्ने मन्त्रालयका सचिवको अध्यक्षतामा बहुसरोकारवाला प्रदेशस्तरीय परियोजना समन्वय समिति रहेको छ ।

 

परियोजना व्यवस्थापन इकाईहरु (Project Management Units)

कार्यक्रम व्यवस्थापनका लागि केन्द्रमा राष्ट्रिय परियोजना संयोजकको नेतृत्वमा परियोजना व्यवस्थापन इकाई (Federal Project Management Unit-FPMU) वन तथा वातावरण मन्त्रालय अन्तरगत रेड कार्यान्वयन केन्द्रमा रहेको  र प्रदेशमा प्रादेशिक परियोजना संयोजकको नेतृत्वमा प्रदेश स्तरीय परियोजना व्यवस्थापन इकाई (Provincal Project Management Unit-PPMU) वन क्षेत्र हेर्ने मन्त्रालयले गर्ने व्यवस्था रहेको छ ।

 

सङ्घीय तह

रेड कार्यान्वयन केन्द्र, बबरमहल, काठमाडौ, आयोजना व्यवस्थापन इकाई (FPMU-MOFE) 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नक्साल काठमाडौ 

कृषि विकास वैङ्क मुख्य कार्यालय, रामशाहपथ, काठमाडौ  

 

प्रदेश तह 

प्रदेश आयोजना व्यवस्थापन (PPMU) –२ वटा प्रदेश (मधेश तथा लुम्बिनि) 

 

स्थानीय तह

कार्यान्वयन फोकल इकाई ५० वटा पालिकाहरु वन तथा वातावरण शाखा वा विपद् सम्बन्धी शाखा डिभिजन वन कार्यालयहरु मार्फत सञ्चालन हुने कार्यक्रम प्रदेश परियोजना व्यवस्थापन इकाई मार्फत हुने गरी व्यवस्था गरिएको छ । प्रदेशमा वन क्षेत्र हेर्ने  मन्त्रालयहरुमा दुबै प्रदेशमा एक एक गरी दुइ वटा खर्च केन्द्र रहेका छन् भने पालिकाहरु ५० वटामा नै खर्च केन्द्र रहेका छन् । कृषि विकास बैङ्कले पनि ऋण परिचालन गर्ने तथा यस ऋणको व्यवस्थापन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएकोले औपचारिकरुपमा यी दुवै निकायहरु पनि खर्च केन्द्रको रुपमा रहेका छन् ।