समग्र लक्ष्य (Developmental Objective)
दिगो वन व्यवस्थापनमा सुधार गर्ने, वनबाट प्राप्तहुने फाइदाहरु वृद्धि गर्ने र नेपालको मधेश प्रदेश र लुम्बनी प्रदेशस्थित छनौट गरिएका पालिकाहरुभित्र खुद हरित ग्याँस उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने ।
संभाग अनुसारको उद्देश्य (Component Wise Objectives)
- छोटो र मध्यम अवधिका प्रतिफलहरुले वनको समग्र उत्पादकत्व वृद्धि गर्ने ।
- वनमा आधारित 'साना तथा मझौला' उद्यमहरुको विकास तथा सुधारमा योगदान गर्ने ।
- तराई भूपरिधि क्षेत्र भित्र उत्सर्जन न्यूनीकरण कार्यक्रमले लक्ष्य राखेको उत्सर्जन न्यूनिकरण गर्न योगदान गर्ने ।
परियोजनाको प्रमुख लक्ष्यहरु तथा अपेक्षित उपलब्धि सूचकहरू
नतिजा सूचकका विवरण | एकाई | लक्ष्य |
१ लक्षित वन र नजीकका समुदायहरुबाट मौद्रिक वा गैह्रमौद्रिक फाइदा प्राप्त गर्ने जनता | सख्या | ११०.००० |
२ हरित ग्यास उत्सर्जन न्यूनीकरण | (मिलियन मेट्रिक टन, Co2e) | १७.७६ |
३ परियोजनाका कार्यान्वयनबाट लाभान्वित “सन्तुष्ट” वा “अति सन्तुष्ट” जनताहरु | प्रतिशत | ८०.०० |
४ व्यवस्थापन योजना अन्तर्गत ल्याईएको वन क्षेत्र | हेक्टर | १५,९०० |