नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

सम्बृद्धिका लागि वन परियोजना, परियोजना व्यवस्थापन इकाई

बबरमहल, काठमाडौँ

परिचय

नेपाल सरकार तथा  विश्व वैङ्कको संयुक्त प्रयासबाट नेपालको लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यवस्थापन तथा साना तथा वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत  तर्जुमा भएको हो । यस परियोजना विश्व वैङ्कको ऋण तथा अनुदानमा नेपाल सरकार तथा विश्व वैङ्कबीच मिति सन २०२१ मार्च  १९  मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास वैङ्क  र विश्व वैङ्कले  संयुक्त रुपमा कार्यान्वयन गर्ने परियोजना हो।

यो परियोजना  प्रदेशस्तरमा मधेश तथा लुम्बिनी प्रदेशमा लागु भएको छ । यस परियोजनाको केन्द्रमा परियोजना ब्यबस्थापन इकाई  रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत परियोजना ब्यबस्थापन इकाई रहेका छन् ।  यसै गरी दुवै प्रदेशका गरी ५० वटा पालिकाहरुको वातावरण तथा विपद् व्यवस्थापनको लागि कार्य गर्ने शाखाले परियोजना समन्वय तथा कार्यान्वयनको कार्य गर्ने जिम्मेवारी रहेको छ । यसै गरी कृषि विकास वैङ्कले ऋण परिचालन गर्ने इकाइको रुपमा कार्य गरिरहेको छ । 

यस परियोजनाका लागि विश्व वैङ्कले २ करोड ४० लाख यु एस डलर करिब ३ अरव नेपाली रुपिया लगानी उपलब्ध गराएको छ । यसमध्ये २५.५ प्रतिशत अनुदान ६१ लाख यु एस डलर तथा ७४.५ प्रतिशत ऋण १ करोड ७९ लाख अमेरिकी डलर सहायता रहेको छ । लगानी गर्दै जाँदा प्रतिफल तथा उपलब्धीको आधारमा थप लगानी हुने संभावना रहेको छ ।